×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

झापामा ग्यास र पेट्रोलको अभाव नहुने, चाडबाडमा कृत्रिम अभाव रोक्न प्रशासनको अनुगमन

झापामा ग्यास र पेट्रोलको अभाव नहुने, चाडबाडमा कृत्रिम अभाव रोक्न प्रशासनको अनुगमन

काठमाडौं - झापामा चाडबाडका बेला ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालय झापाले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा तीव्रता दिएको छ। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको अध्यक्षतामा मंगलबार बसेको सुरक्षा निकाय, नेपाल आयल निगम, पेट्रोलियम डिलर्स एसोसिएसन र ग्यास विक्रेता सङ्घको संयुक्त बैठकले बजारमा उपभोग्य इन्धनको आपूर्ति व्यवस्थालाई चुस्त र सहज बनाउने निर्णय गरेको हो।

नेपाल आयल निगम Jhapa चारआली डिपोका प्रमुख उमेशकुमार पोखरेलले जिल्लामा इन्धनको कुनै अभाव नरहेको स्पष्ट पारेका छन्। त्यस्तै पराजुली ग्यास उद्योगका सञ्चालक जितबहादुर कार्कीका अनुसार झापामा दैनिक ५ हजार ५०० सिलिन्डर ग्यासको माग रहेकोमा हाल दैनिक ७ हजार ६०० सिलिन्डर उत्पादन भइरहेको छ। पछिल्लो दुई महिनामा नियमित खपतभन्दा ४० प्रतिशत बढी ग्यास बजारमा पठाइएकाले चाडबाडमा उपभोक्ताले सहज रूपमा ग्यास र पेट्रोलियम पदार्थ पाउने प्रशासनले जनाएको छ।

प्रतिकृया दिनुहोस्