×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

जापानस्थित नेपाली दूतावासमा ‘नागरिक सहायता कक्ष’ स्थापना, सेवामा अब थप सहजता

जापानस्थित नेपाली दूतावासमा ‘नागरिक सहायता कक्ष’ स्थापना, सेवामा अब थप सहजता

टोकियो । जापानमा रहेका नेपाली नागरिकलाई दूतावासीय सेवा अझ सहज, प्रभावकारी र पहुँचयोग्य बनाउने उद्देश्यले नेपाली राजदूतावास, जापानमा ‘नागरिक सहायता कक्ष’ स्थापना गरिएको छ। उक्त कक्ष एनआरएनए जापानको सहकार्यमा स्थापना गरिएको हो । कक्ष उद्घाटन कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछाने, कार्यवाहक राजदूत हरिहरकान्त पौडेल, एनआरएनए जापानका पूर्वअध्यक्ष नविन निउरे, प्रवक्ता सचिन आचार्य, नेपाल आदिवासी जनजाति महासंघ जापान का कार्यवाहक अध्यक्ष बुद्धि गौचन, नेपाल मगर संघ जापान का अध्यक्ष भिक्टर थाडा मगर लगायत दूतावासका कर्मचारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै सहभागीहरूले नागरिक सहायता कक्षले जापानभर रहेका नेपालीहरूलाई आवश्यक सूचना, परामर्श तथा दूतावासीय सेवामा सहज पहुँच पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए। यस पहललाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गरिएको छ। राजदूतावासका अनुसार ‘नागरिक सहायता कक्ष’ केवल एउटा सेवा केन्द्र मात्र नभई जापानमा रहेका नेपाली समुदायलाई दूतावाससँग अझ नजिकबाट जोड्ने र सेवाप्रवाहलाई थप नागरिकमैत्री बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। आगामी दिनमा पनि यस्ता नागरिकमुखी तथा समुदायकेन्द्रित कार्यक्रमहरूलाई निरन्तरता दिइने विश्वास व्यक्त गरिएको छ। 

प्रतिकृया दिनुहोस्