×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पोखरा बस दुर्घटना अपडेट: ४ विद्यार्थीसहित ५ जनाको मृत्यु, १४ घाइते

पोखरा बस दुर्घटना अपडेट: ४ विद्यार्थीसहित ५ जनाको मृत्यु, १४ घाइते

पोखरा- पोखरा महानगरपालिका–२८ माझठानाबाट विद्यार्थी बोकेर कालिकास्थित स्कुलतर्फ जाँदै गरेको कालिका इङ्लिस बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा ४ जना विद्यार्थी र १ जना बसका कर्मचारी/स्थानीय गरी ५ जनाको ज्यान गएको कास्की प्रहरीले पुष्टि गरेको छ।

ग २ ख १४१७ नम्बरको बस सडकबाट करिब १५० देखि २०० मिटर तल भीरमा खसेको थियो। दुर्घटनामा अन्य १४ जना घाइते भएका छन्, जसमध्ये धेरैजसो कक्षा ९ र १० का विद्यार्थीहरू रहेका छन्। घाइतेहरूको उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। नेपाल प्रहरी र स्थानीयवासीले घटनास्थलमा उद्धार सम्पन्न गरी मृतकहरूको सनाखत प्रक्रिया अघि बढाएका छन्।

प्रतिकृया दिनुहोस्