×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

भृकुटीमण्डपवाटै निधीकाे उद्घाेष - म,कोइराला र सिहं मिलेर देउवाबिरूद्द माेर्चाबन्दी गर्छाैँ

भृकुटीमण्डपवाटै निधीकाे उद्घाेष - म,कोइराला र सिहं मिलेर देउवाबिरूद्द माेर्चाबन्दी गर्छाैँ

काठमाडौं - नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार विमलेन्द्र निधिले देउवाबिरूद्द माेर्चाबन्दी गर्ने उद्घाेष गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्डपमा पत्रकारसँगको कुराकानी गर्दै निधीले आफू, प्रकाशमान सिंह र शेखर कोइरलाले देउवाविरुद्ध मोर्चाबन्दी गर्ने बताएका हुन् ।  सभापतिमा पहिलो चरणमा कोही पनि विजयी नहुने भएकाले निर्वाचन दोस्रो चरणसम्म लम्बिने र दोस्रो चरणमा हामी देउवाबिरूद्द माेर्चाबन्दी गर्छाैँ उनले भने ।  

कांग्रेसको सभापतिमा जित हासिल गर्न खसेको कुल मतको ५१ प्रतिशत मत ल्याउनुपर्नेछ । निधिले सभापतिका उम्मेदवार धेरै भएकाले पहिलो चरणमा कसैले ५१ प्रतिशत मत नल्याउने दावी गरेका हुन् । ‘दोस्रो चरणमा हामी तीन जनाले देउवाविरुद्ध मोर्चाबन्दी गर्छौं’ उनले भने, ‘हामी नेतृत्व परिवर्तनको पक्षमा छौं ।’ आफूले रामचन्द्र पौडेललाई सर्वसम्मत रुपमा अध्यक्ष बनाउन आग्रह गरे पनि सभापति शेरबहादुर देउवाले नमानेको बताए ।

प्रतिकृया दिनुहोस्