×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भाइरल भिडियोका कारण बब्लु ट्राफिक कारबाहीमा, गल्ती स्वीकार्दै मागे क्षमा

भाइरल भिडियोका कारण बब्लु ट्राफिक कारबाहीमा, गल्ती स्वीकार्दै मागे क्षमा

काठमाडौं - सिरहा क्षेत्र नम्बर–१ बाट निर्वाचित सांसद बब्लु गुप्ताले ट्राफिक नियम उल्लङ्घन गरेको स्वीकार गर्दै सार्वजनिक रूपमा क्षमायाचना गरेका छन्। गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि चौतर्फी आलोचना भएसँगै उनी स्वयं जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहान पुगेका हुन्। नियम विपरीत जोखिमपूर्ण स्टन्ट गरेको ठहर गर्दै ट्राफिक प्रहरीले उनलाई ५ सय रुपैयाँ जरिबाना तिराएको छ।

बाल्यकालको सम्झना स्वरूप भिडियो बनाउने क्रममा अन्जानमा गल्ती हुन पुगेको भन्दै सांसद गुप्ताले आगामी दिनमा यस्ता कार्य नदोहोर्‍याउने प्रतिबद्धता जनाएका छन्। ‘मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउनु मेरो तर्फबाट भएको ट्राफिक नियमको उल्लङ्घन हो भन्ने कुरा मैले महसुस गरेको छु,’ भन्दै उनले आफूबाट भएको गल्तीप्रति क्षमा माग्दै देश र जनताको हितमा जिम्मेवार जनप्रतिनिधिका रूपमा प्रस्तुत हुने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्