विराटनगर- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभा चुनाव र रिक्त रहेका पदको चुनावमा एमालेलाई ‘क्लीन स्वीप’ पार्ने दाबी गरेका छन् ।
बुधबार साँझ विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष नेपालले गठबन्धन दलहरूले साझा उम्मेदवार उठाएर एमालेलाई ‘क्लीन स्वीप’ पार्ने बताए । नेकपा एमाले आफैँ सकिँदै गएकाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफैँ ठेगान लागिसकेको आरोप लगाए ।
न्यायालयमा उठेको विवादका बारेमा नेता नेपालले गठबन्धनका नेताहरू बसेर साझा धारणा बनाउने खुलासा गरे ।
प्रधानन्याधीश तथा न्यायाधीशको राजीनामाको बारेमा भने उनले केही बोलेनन् । उच्चस्तरीय राजनीतिक संयन्त्र काम गर्नका लागि बनाएको भन्दै उनले गठबन्धन दलहरुको साझा धारणा बनाउने उद्देश्यका साथ संयन्त्र बनेको जिकीर गरे ।