×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

अमेजनका प्रमुखको अन्तरिक्ष यात्रा

अमेजनका प्रमुखको अन्तरिक्ष यात्रा

टेक्सस: अमेरिकाका अरबपति व्यापारी र अमेजनका संस्थापक जेफ बेजोसले अन्य तीनजनासहित मंगलबार अन्तरिक्षको यात्रा गरेका छन् ।

यस यात्रामा बेजोसका साथै उनका भाइ मार्क बेजोस, ८२ वर्षीय पूर्वपायलट वैली फन्क र १८ वर्षीय छात्र ओलिवर डायमेल सहभागी थिए । उनीहरू १० मिनेट र १० सेकेन्डपछि पारासुटको मद्तले पृथ्वीमा फर्किएका थिए ।

वैली अन्तरिक्षमा पुग्ने सबैभन्दा बढी उमेरकी महिला र ओलिवर सबैभन्दा कम उमेरका व्यक्ति बनेका छन् ।

आफ्नो यात्राबारे बेजोसले भनेका छन्,‘एस्ट्रोनट बेजोसका लागि सबैभन्दा महत्वपूर्ण दिन ।’

उनीहरू बजोसको कम्पनी ब्लू ओरिजिनको अन्तरिक्ष यान ‘न्यू शेफर्ड’ बाट अन्तरिक्षसम्म पुगेका थिए । ब्लू शेफर्डलाई अन्तरिक्ष पर्यटनलाई बढावा दिने उद्देश्यका साथ तयार पारिएको छ । न्यू शेफर्डमा ठूला झ्यालहरू राखिएको छ जसले गर्दा त्यसमा सबार मानिस अन्तरिक्षबाट पृथ्वीलाई हेर्नसकोस् ।

न्यू शेफर्डले साँझ ६ ः४५ बजे अमेरिकाको टेक्ससबाट उडान भरेको थियो । त्यसलाई जेफ बेजोसको निजी लन्च साइट वैन हर्नबाट एक रकेट प्रयोग गरेर लन्च गरिएको थियो ।

उडान भरेको दुई मिनेटपछि क्याप्सुल रकेटबाट छुट्टिएको थियो । र, सय किलोमिटरमाथि अन्तरिक्षको सतहसम्म पुगेको थियो ।

अन्तरिक्षमा चारैजना यात्रु करिब ४ मिनेटसम्म भारहीनता (जिरो ग्रा्याभिटी) को अनुभव गरेका थिए । उनीहरूले आफ्नो सिटको पेटी खोलेर हावामा पौडी खेलेको अनुभव लिए । उनीहरूले त्यहाँबाट पृथ्वीलाई नियालेका थिए ।

 

 

 

प्रतिकृया दिनुहोस्