×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रास्वपा सुदूरपश्चिम प्रदेश सहमहामन्त्रीमा हेमराज जोशीको चर्चा र माग बलियो

रास्वपा सुदूरपश्चिम प्रदेश सहमहामन्त्रीमा हेमराज जोशीको चर्चा र माग बलियो

धनगढी - सामाजिक अभियन्ता हेमराज जोशीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुदूरपश्चिम प्रदेश सहमहामन्त्री बनाउनुपर्ने माग बलियो बन्दै गएको छ। कैलालीको एक साधारण परिवारमा जन्मी संघर्षपूर्ण यात्रा तय गर्नुभएका जोशी लामो समयदेखि सामाजिक न्याय र नागरिकको हकअधिकारका लागि निरन्तर क्रियाशील हुनुहुन्छ।

विगत एक दशकभन्दा बढी समयदेखि सडक संघर्षमार्फत अन्याय र विभेदविरुद्ध आवाज उठाउँदै आउनुभएका जोशी सामाजिक क्षेत्रका एक परिचित र विश्वसनीय अनुहार हुनुहुन्छ। विशेषगरी कोरोना महामारीका बेला समस्यामा परेका नागरिकलाई खाद्यान्न तथा राहत सामग्री वितरणमा उहाँ अग्रपंक्तिमा खटिनुभएको थियो। भ्रष्टाचार र बेथितिविरुद्ध निर्भीक रूपमा प्रस्तुत हुने उहाँको शैलीले आम जनतामाझ छुट्टै पहिचान बनाएको छ।

जोशीले यसअघि 'आम युवा' जस्ता सामाजिक अभियानमार्फत युवाहरूलाई संगठित गर्दै समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो। पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएपछि उहाँ संगठन विस्तार, कार्यकर्ता परिचालन र पार्टीको विचारलाई जनस्तरसम्म पुर्‍याउन अहोरात्र खटिनुभएको छ।

संगठनलाई इमानदार, संघर्षशील र जनभावना बुझ्ने नेतृत्वको आवश्यकता रहेको वर्तमान अवस्थामा जोशीलाई सुदूरपश्चिम प्रदेश सहमहामन्त्रीका लागि उपयुक्त पात्रका रूपमा हेरिएको छ। पदभन्दा जिम्मेवारीलाई प्राथमिकता दिने उहाँको कार्यशैलीका कारण कार्यकर्ता र आम जनताले उहाँलाई सो पदमा देख्न चाहेका छन्।

प्रतिकृया दिनुहोस्