×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अन्तिम १० मिनेटमा अर्जेन्टिनाको कमाल, इजिप्टलाई हराउँदै अन्तिम आठमा

अन्तिम १० मिनेटमा अर्जेन्टिनाको कमाल, इजिप्टलाई हराउँदै अन्तिम आठमा

काठमाडौं - साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को 'अन्तिम १६' मा इजिप्टमाथि ३–२ को रोमाञ्चक पुनरागमन जित निकाल्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। एटलान्टा स्टेडियममा भएको खेलमा इजिप्टले ६७ औँ मिनेटसम्म २–० को अप्रत्याशित अग्रता लिएर अर्जेन्टिनालाई स्तब्ध पारेको थियो।

तर खेलको अन्तिम १० मिनेटमा लियोनल मेसीको कप्तानीमा अर्जेन्टिनाले चमत्कार गर्‍यो। ७९ औँ मिनेटमा मेसीको पासमा क्रिस्टियन रोमेरोले र ८३ औँ मिनेटमा मेसी आफैँले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए। खेलको इन्जुरी समयमा एन्जो फर्नान्डेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई सनसनीपूर्ण जित दिलाए। आजको गोलसँगै मेसी चालू विश्वकपमा ८ गोल र समग्र विश्वकप इतिहासमा २१ गोल गर्दै शीर्ष स्थानमा उक्लिएका छन्।

अब अर्जेन्टिनाले क्वाटरफाइनलमा स्विजरल्याण्ड वा कोलम्बियाको सामना गर्नेछ।

प्रतिकृया दिनुहोस्