काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ वर्ष २०८३ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।
नयाँ वर्षको शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले आगामी वर्ष सबैका लागि दुःख हरण र कल्याणकारी बनोस् भन्ने कामना गर्नुभएको छ। उहाँले सबैको जीवनमा सुख, आरोग्य र शुभता छाओस् भन्ने शुभेच्छा प्रकट गर्नुभएको छ।
प्रधानमन्त्रीले आफ्नो सन्देशमा संस्कृतको प्रसिद्ध श्लोक ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत्’ उल्लेख गर्दै सबै निरामी र सुखी रहुन् भन्ने भाव व्यक्त गर्नुभयो। उहाँले भन्नुभएको छ, "हामी सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्। सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस्।"
नयाँ वर्षको यस ऐतिहासिक सुरुवातले मुलुकमा नयाँ उत्साह र समृद्धिको ढोका खोल्ने विश्वास समेत प्रधानमन्त्रीले व्यक्त गर्नुभएको छ।