×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

खक्रौला घटनाका कमान्डरसहितको टोली हेडक्वार्टर तानियो, छानबिन समिति गठन

खक्रौला घटनाका कमान्डरसहितको टोली हेडक्वार्टर तानियो, छानबिन समिति गठन

काठमाडौं - कैलालीको खक्रौलास्थित सीमा सुरक्षा गुल्ममा स्थानीय व्यापारीको समूहले कार्यालयभित्रै पसेर कमान्डरमाथि हातपात गरेपछि सशस्त्र प्रहरी बलले सुरक्षामा लापरबाही गर्ने कर्मचारीहरूलाई जिम्मेवारीबाट हटाएको छ। चैत ४ गते भारतबाट ल्याइएको अवैध सामान जफत गरिएको विषयलाई लिएर आक्रोशित समूह अनधिकृत रूपमा कार्यालय छिरेर गुल्मपतिमाथि हातपातको प्रयास गरेका थिए। सो घटनामा युनिटको सुरक्षा कायम राख्न नसकेको र बल प्रयोग गर्नुपर्ने अवस्थामा समेत किन मौन बसेको भन्ने विषयमा गम्भीर प्रश्न उठाउँदै प्रधान कार्यालयले गुल्मपति डिएसपी प्रदीप पौडेलसहितका कर्मचारीलाई काठमाडौंस्थित मुख्यालयमा झिकाएको हो।

घटनाको गम्भीरतालाई ध्यानमा राख्दै सशस्त्र प्रहरी बल नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालयले सत्यतथ्य छानबिनका लागि सशस्त्र प्रहरी उपरीक्षक अनिल कार्कीको अध्यक्षतामा समिति गठन गरेको छ। सशस्त्र प्रहरीका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार तस्करको समूह कार्यालयभित्रै प्रवेश गरी हुलहुज्जत गर्दा समेत सुरक्षा संयन्त्र कमजोर देखिएको विषयमा सूक्ष्म अनुसन्धान गरिनेछ। हाललाई खक्रौलाको पुरानो टोलीलाई फिर्ता बोलाएर सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण कैलालीबाट नयाँ टोली खटाइएको छ भने दोषी कर्मचारीमाथि कडा कारबाही गर्ने तयारी समेत गरिएको छ।

प्रतिकृया दिनुहोस्