×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

युनाइटेड भिजन बन्यो 'कोहलपुर प्राइड लिग' को च्याम्पियन

युनाइटेड भिजन बन्यो 'कोहलपुर प्राइड लिग' को च्याम्पियन

कोहलपुर- बाँकेको कोहलपुरमा सम्पन्न कोहलपुर प्राइड लिग (KPL) २०२६ को उपाधि युनाइटेड भिजन क्रिकेट क्लब (UVCC) ले उचालेको छ। अत्यन्तै रोमाञ्चक र नाटकीय बनेको फाइनल खेलमा न्यु होराइजन स्पोर्ट्स क्लबलाई सुपर ओभरमा हराउँदै युनाइटेड भिजनले च्याम्पियनको ट्रफी चुमेको हो।  निर्धारित २० ओभरको खेलमा दुवै टोलीले समान १३६ रन बनाएपछि खेल टाइ भएको थियो।


न्यु होराइजन जीतको नजिक पुगे पनि अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीको कसिलो बलिङ र विकेट पतनले खेल बराबरीमा टुङ्गिएको थियो। त्यसपछि भएको सुपर ओभरमा आफ्नो संयम कायम राख्दै युनाइटेड भिजनले न्यु होराइजनलाई स्तब्ध पार्दै ऐतिहासिक जित दर्ता गर्‍यो।

प्रतिकृया दिनुहोस्