एजेन्सी - विश्व प्रसिद्ध व्यवसायी इलन मस्कले विश्वको आर्थिक इतिहासमै नयाँ कीर्तिमान कायम गर्दै पहिलो ‘ट्रिलियनियर’ बन्न सफल भएका छन्। उनको बहुप्रतिष्ठित अन्तरिक्ष कम्पनी स्पेसएक्स (SpaceX) ले हालै आईपीओ मार्फत ७५ अर्ब डलर संकलन गरेपछि मस्कको कुल सम्पत्ति १.१ ट्रिलियन अमेरिकी डलर नाघेको हो। दोस्रो स्थानमा रहेका विश्वका धनाढ्यको तुलनामा उनको सम्पत्ति झन्डै तीन गुणा बढी छ। दक्षिण अफ्रिकामा जन्मिएका ५४ वर्षीय मस्कले टेस्ला, स्पेसएक्स, न्यूरालिंक र सामाजिक सञ्जाल 'एक्स' (ट्वीटर) मार्फत विश्व बजारमा आफ्नो बलियो साम्राज्य खडा गरेका छन्।