×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रधानमन्त्रीको प्रेस तथा अनुसन्धान विज्ञमा पत्रकार दीपा दाहाल नियुक्त

प्रधानमन्त्रीको प्रेस तथा अनुसन्धान विज्ञमा पत्रकार दीपा दाहाल नियुक्त

काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञमा वरिष्ठ खोज पत्रकार, लेखक एवं प्राध्यापक दीपा दाहाल नियुक्त हुनुभएको छ। प्रधानमन्त्रीको सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ अनुसार शुक्रबार नियुक्त हुनुभएका दाहालले आजैबाट आफ्नो कार्यभार सम्हाल्नुभएको छ।

दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता र प्राज्ञिक क्षेत्रमा सक्रिय दाहालले प्रधानमन्त्री शाहको सञ्चार रणनीति, मिडिया व्यवस्थापन र अनुसन्धानको पाटोलाई सम्हाल्नुहुनेछ। भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक न्यायका मुद्दामा उहाँको अनुभवलाई सरकारको प्राथमिकतासँग जोड्ने उद्देश्यले यो नियुक्ति गरिएको सचिवालयले जनाएको छ।

रेडियो, टेलिभिजन, छापा र अनलाइन पत्रकारितामा २० वर्षको अनुभवी दाहाल पछिल्लो समय 'उकालो डट कम'मा वरिष्ठ संवाददाताका रूपमा कार्यरत हुनुहुन्थ्यो। त्रिभुवन विश्वविद्यालयअन्तर्गतको पद्मकन्या क्याम्पसमा विगत सात वर्षदेखि पत्रकारिता अध्यापन गराइरहनुभएकी उहाँ ‘कोभिड: नसोचेको, नभोगेको संकट’ पुस्तककी लेखक हुनुहुन्छ। खोज पत्रकारितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित दाहाल एक कुशल सञ्चार प्रशिक्षकसमेत हुनुहुन्छ।

प्रतिकृया दिनुहोस्