×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुदूरपश्चिमको लगातार तेस्रो जित: जनकपुर २७ रनले पराजित, प्लेअफ सम्भावना बलियो

सुदूरपश्चिमको लगातार तेस्रो जित: जनकपुर २७ रनले पराजित, प्लेअफ सम्भावना बलियो

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गर्दै लगातार तेस्रो जित दर्ता गरेको छ। यो जितसँगै ६ खेलबाट ८ अङ्क जोड्दै सुदूरपश्चिम अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने जनकपुर ४ अङ्कसहित पाँचौँ स्थानमा सीमित भएको छ।

टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले ब्राण्डोन म्याकमुलेनको ३३ रनको मद्दतमा निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२० रन बनाएको थियो। जनकपुरका कप्तान हरमित सिंहले १० रन दिएर ४ विकेट लिए।

१२१ रनको लक्ष्य पछ्याएको जनकपुर सुदूरपश्चिमका बलरसामु निरन्तर धराशायी बन्दै १९.५ ओभरमा ९३ रनमै अलआउट भयो। जनकपुरका लागि तृतराज दासले २१ रन बनाए भने सुदूरपश्चिमका स्कट कुग्लेजिनले ३ विकेट लिए। एनपीएलमा बुधबार विश्राम रहनेछ भने बिहीबार पोखरा भर्सेस विराटनगर र कर्णाली भर्सेस लुम्बिनीबिच दुई खेल हुनेछन्।

प्रतिकृया दिनुहोस्