×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण रिट 'हेर्दाहेर्दै' मा

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण रिट 'हेर्दाहेर्दै' मा

काठमाडौं - पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट आइतबार 'हेर्दाहेर्दै' मा राखिएको छ। न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा दिउँसोदेखि सुरु भएको बहस नसकिएपछि मुद्दालाई यथास्थितिमा राखिएको हो।

आजको सुनुवाइमा ओली र लेखकका तर्फबाट कानुन व्यवसायीहरूले बहस गरेका थिए। भदौ २३ र २४ को घटनाका सम्बन्धमा गठित जाँचबुझ आयोगको सिफारिस बमोजिम प्रहरीले उनीहरूलाई चैत १४ गते पक्राउ गरेको थियो। ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका लागि हिरासतमा राखिएका उनीहरूले आफ्नो पक्राउ गैरकानुनी रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दिएका हुन्। यस मुद्दाको अर्को सुनुवाइ अब भोलि हुनेछ।

प्रतिकृया दिनुहोस्