×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

चिनको ग्वाङझाउमा जुट्दै विश्वभरका नेपाली, “आरोहण २०२६” ले नयाँ सम्भावना खोल्ने

चिनको ग्वाङझाउमा जुट्दै विश्वभरका नेपाली, “आरोहण २०२६” ले नयाँ सम्भावना खोल्ने

टोकियो ।  गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आईसिसि) को पहलमा विश्वभरका नेपाली एकै ठाउँमा जमघट हुने भएका छन् । संघको आयोजनामा एसिया - प्रशान्त क्षेत्रीय सम्मेलन “आरोहण २०२६” को आयोजना हुने भएसगैँ बिश्वभरमा नेपाली एकजुट हुने वाताबरण मिल्ने भएको हो । आगामी अगस्ट १५ र १६ मा चीनको ग्वाङझाउमा आयोजना हुने सम्मेलनबारे थप जानकारी दिन मे २५ मा भर्चुअल बिधिद्धारा पत्रकार सम्मेलन गर्ने तयारी गरिएको छ। कार्यक्रमको व्यवस्थापन एनआरएनएको एसिया–प्रशान्त क्षेत्रीय समितिको संयोजनमा हुने र स्थानीय समन्वय राष्ट्रिय समन्वय परिषद चिन ले गर्ने बताइएको छ ।

“लगानी, पर्यटन र पुस्तान्तरणीय सम्बन्धका लागि नेपाली डायस्पोरालाई जोड्ने” भन्ने मूल नारासहित आयोजना हुन लागेको यस सम्मेलनमा विभिन्न देशमा रहेका नेपाली समुदायका प्रतिनिधि, व्यवसायी, विज्ञ तथा नेपाल सरकारका प्रतिनिधिहरू सहभागी हुने अपेक्षा गरिएको छ। सम्मेलनमार्फत नेपालमा विदेशी लगानी आकर्षित गर्ने, पर्यटन प्रवर्द्धन गर्ने र विश्वभर फैलिएका नेपालीबीच सहकार्य तथा नेटवर्क विस्तार गर्ने विषयमा छलफल हुने योजना छ।

यस कार्यक्रमले विशेषगरी व्यवसाय–व्यवसाय (बिटुवि) सहकार्य, ज्ञान र सीप आदान–प्रदान, तथा रेमिट्यान्सलाई उत्पादनमुखी क्षेत्रमा लगानी गर्ने सम्भावना बारे पनि केन्द्रित छलफल गर्ने अपेक्षा गरिएको छ। सम्मेलनको अन्त्यमा सहभागीहरूको सुझाव र निर्णय समेटेर “ग्वाङझाउ घोषणा २०२६” जारी गर्ने तयारी रहेको जनाइएको छ।

प्रतिकृया दिनुहोस्