×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

जापानकी प्रधानमन्त्री ताकाइचीले दिईन प्रधानमन्त्री बालेनलाई बधाई

जापानकी प्रधानमन्त्री  ताकाइचीले दिईन प्रधानमन्त्री बालेनलाई  बधाई

टाेकियाे ।  जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले नेपालको प्रधानमन्त्रीमा नियुक्त भएकोमा बालेन्द्र शाहलाई बधाई ज्ञापन गरेकी छन्। मार्च २७ तारिखका दिन उनले एक विशेष पत्र पठाउँदै शाहको कार्यकालको सफलताको शुभकामना व्यक्त गरेकी हुन् ।

आफ्नो सन्देशमा प्रधानमन्त्री ताकाइचीले नेपाल र जापानबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउने इच्छा प्रकट गरेकी छन्।  दुई देशबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउन र आपसी हितका विषयमा मिलेर काम गर्न आफू आतुर रहेको कुरा पनि उनले पत्रमा उल्लेख गरेकी छन्। बालेन्द्र शाहले कार्यभार सम्हालेपछि जापान सरकारबाट आएको यो महत्वपूर्ण औपचारिक पत्र हो।

यो कूटनीतिक संवादले आगामी दिनमा जापानमा रहेका नेपाली समुदाय र दुई देशबीचको आर्थिक तथा प्राविधिक सहयोगमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। यस विकासक्रमले अन्तर्राष्ट्रिय स्तरमा नेपालको कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने देखिएको छ।

प्रतिकृया दिनुहोस्