×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

टोकियोमा मोटिभेशन एवं ध्यान योगा कार्यक्रम सम्पन्न, एनआरएनए एसिया संयोजक कंडेल सम्मानित

टोकियोमा मोटिभेशन एवं ध्यान योगा कार्यक्रम सम्पन्न, एनआरएनए एसिया संयोजक कंडेल सम्मानित

टोकियो ।  जापानको टोकियोमा ‘’तनाव नियन्त्रण र चिन्तामुक्त जिवन”सम्बन्धी मोटिभेशन एवं ध्यान योगा कार्यक्रम सम्पन्न भएको छ । अप्रिल १९ तारिख आईतबार बिहुँकोट समाज जापानद्वारा आयोजीत मोटिभेशन कार्यक्रम टोकियोको सिन आकुबो स्थित सोलमारी मुरा हलमा सम्पन्न भएको हो ।  

राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा ख्यातीप्राप्त मोटिभेशन स्पिकर गिरि बहादुर सुनार प्रमुख वक्ता रहेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा आयोजक संस्थाका संरक्षक दिपक सुवेदी लगायत सह संरक्षक डिपि कंडेल पुर्व अध्यक्षहरु सागर प्र कंडेल, अशोक शर्मा गोपाल लगायतले शुभकामना दिनुभएको थियो ।

सोही अबसरमा समाजका नि वर्तमान अध्यक्ष दिपक कंडेललाई  गत महिना सम्पन्न गैर आवासिय नेपाली संघ (एनआरएनए) को १२ औँ महाधिवेशनवाट एसिया प्यासेफिक संयोजकमा निर्विरोध निर्वाचित हुनुभएकोमा बधाई दिदै सम्म्मान गरिएको थियो । समाजका अध्यक्ष टिकाराम कंडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष घनश्याम कंडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । 

प्रतिकृया दिनुहोस्