एक हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
माघ ६, २०७८काठमाडौँ- सुनको मूल्य आज १ हजार रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार छापावाला सुन प्रतितोला १ हजारले बढेर ९३ हजार ७०० रुपैयाँ पुगेको हो । बुधबार प्रतितोला ९२ हजार ७ सयमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।
सबै पढ्नुहोस