आईपीओ निष्काशन गर्दै स्वर्णिम होटल
पुस १२, २०८१काठमाडौं । स्वर्णिम होटलले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्तावसहित साधारणसभा बोलाएको हो । सभा आगामी पुस २८ गतेकम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो १ बजे सुरु हुनेछ । सभामा कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश गर्नछ । साथै, आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।
सबै पढ्नुहोस