साफ यू-२० फुटबल खेल्न नेपाली टिम भुवनेस्वर पुग्यो
साउन ७, २०७९काठमाडौं- भारतमा आगामी साताबाट सुरु हुने यू-२० साफ च्याम्पियनसिपमा सहभागी हुन युवा टोली भुवनेस्वर पुगेको छ । नेपाल टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबारको बिदाइ गरेको थियो ।एन्फाले प्रतियोगिताका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको थियो । नेपाली टिममा प्रशिक्षक मेघराज केसी, व्यवस्थापक दिवाकर घले र कप्तान आयुष घलान छन् ।
सबै पढ्नुहोस