भीम रावलले टिकट नपाएपछि एमाले अछाममा सामूहिक राजीनामा
असोज २२, २०७९काठमाडौं - एमाले नेता भीम रावलले टिकट नपाएपछि एमाले अछामका ४० बढी नेताहरूले सामूहिक राजीनामा दिने भएका छन् । पार्टीको जिल्ला कमिटीले सर्वसम्मत रावललाई उम्मेदवार सिफारिस गर्दा समेत टिकट नदिइएको भन्दै सामूहिक राजीनामाको तयारी गरेका हुन् । हाल उनीको सामूहिक बैठक बसिरहेका छन् । प्राप्त विवरण अनुसार उनीहरुको राजीनामाको ड्राफ्ट तयार भइसकेको छ । यद्यपि हस्ताक्षर हुन बाँकी रहेको एक नेताले बताए ।
सबै पढ्नुहोस