प्रधान मन्त्री देउवाले ओहदा बिर्से, पुगे भाजपा मुख्यालय
चैत १९, २०७८काठमाडौं- २०७२ असोजमा संविधान जारी भएपछि भारतले लगाएको अघोषित नाकाबन्दी र लिम्पियाधुरा नक्सा प्रकरणपश्चात चिसिएको सम्बन्ध सुधार गर्न शुक्रबार भारतको राजधानी नयाँदिल्ली आइपुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले तीनदिने भ्रमणको सुरुवात नै सत्तारूढ भारतीय जनता पार्टीको मुख्यालयबाट गरेका छन् । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा दिल्ली उत्रिएलगत्तै भाजपाको कार्यालय गएका थिए ।
सबै पढ्नुहोस