माओवादीको बन्द सत्र साँझ ५ बजेसम्मका लागि स्थगित
पुस १७, २०७८काठमाडौँ- नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत जारी बन्द सत्र आज अपराह्न ५ बजेसम्म स्थगित भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको राजनीतिक प्रतिवेदन, स्थायी समिति सदस्य देवप्रसाद गुरुङले पेसगरेको विधान मस्यौदा पारित भएसँगै सहमतिबाट केन्द्रीय समितिको टुङ्गो लगाउन बन्द सत्र स्थगित गरिएको हो ।
सबै पढ्नुहोस