रकगायक तथा अभिनेता रविन तामाङको घरमै मृत फेला
असार २०, २०८०काठमाडौं - नेपाली रकगायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । हिजो बेलुका बुढानीलकण्ठ नगरपालिका–५ विष्णुमती चिस्यानीमा रहेको आफ्नै घरमा निधन भएको परिवारका सदस्यले बताएका छन् । तामाङ घरको कोठाभित्र मृत भेटिनु भएको हो । उहाँको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
सबै पढ्नुहोस