×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भारतद्वारा अतिक्रमित भूभागमा व्यवहारिक स्वामित्व स्थापना गर्न एमालेको माग

भारतद्वारा अतिक्रमित भूभागमा व्यवहारिक स्वामित्व स्थापना गर्न एमालेको माग

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (एमाल) ले भारतद्वारा अतिक्रमित भूभागमा नेपालको व्यवहारिक स्वामित्व स्थापना गर्न सरकारसँग माग गरेको छ । परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराईले मंगलबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हाम्रो पार्टी यस विषयमा अविलम्ब संवाद गर्न, सबैखाले बलमिच्याइँ रोक्न र नेपाली भूभागमा नेपालको व्यवहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न सरकारसँग माग गर्दछ ।’

एमालेले वर्तमान सरकार भारतीय विस्तारवादविरुद्ध मौन रहेको टिप्पणी गर्दै यसले कैयन् प्रश्नहरू जन्माएको बताएकाे छ । ‘राष्ट्रियतासँग सम्बन्धित यस्तो गम्भीर विषयमा सरकारको सन्देहास्पद मौनताले अनेक प्रश्न जन्माएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसो हुन हुँदैन ।’

 
 

प्रतिकृया दिनुहोस्