×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेप्से ३ अंकले बढ्यो, ३ अर्ब ३४ करोडको कारोबार

नेप्से ३ अंकले बढ्यो, ३ अर्ब ३४ करोडको कारोबार

काठमाडौँ- साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार (नेप्से) परिसूचक झिनो अंकले बढेको छ । यस दिन नेप्से परिसूचक ३.२९ अंकले बढेर २७७९.९३ बिन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ इन्डेक्स समेत ०.३८ अंकले बढेर ५१८.७२ बिन्दुमा पुगेको छ ।

यस दिन ६६ लाख ७५ हजार २ सय ३१ कित्ता सेयर ३ अर्ब ३४ करोड ३४ लाख १३ हजार ६ सय ८४ रुपैयाँमा कारोबार भएको छ । यस दिन कारोबारमा आएका २ सय २४ कम्पनी मध्ये ९० ओटा कम्पनीको सेयर मूल्य बढेको छ । ८६ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १५ कम्पनीको सेयर मूल्ल स्थिर रहेको छ । यस दिन वेन नेपाल लघुवित्त, बुद्ध भूमि नेपाल हाइड्रोपावर, सीईडीबी हाइड्रोपावरलगायत कम्पनीको सेयर मूल्य बढेको छ ।

सप्तकोसी विकास बैंक, युनाइटेड आईडीआई मार्दी आरबी हाइड्रोपावरलगायत कम्पनीको सेयर मूल्य घटेको छ ।

यस दिन बैंकिङ, ट्रेडिङ, होटेल एन्ड टुरिजम, डेभलपमेन्ट बैंक, लाइफ इन्स्योरेन्स, म्युचुअल फन्ड जस्ता उपसमूहको सेयर सूचक घटेको छ ।

प्रतिकृया दिनुहोस्