नेकपा एमालेको केन्द्रिय कमिटीको दोस्रो दिनको बैठक सकिएको छ । बैठकले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै एकताका निम्ति निरन्तर प्रयास गर्ने निर्णय गरेको प्रवक्ता प्रदिप ज्ञवालीले बताएका छन् ।
हिजोको बैठकले शेरबहादुर देउवाको पक्षमा भोट हाल्ने २२ जना सांसदलाई स्पष्टीकरण सोधेको थियो । उनीहरुले स्पष्टीकरणको जवाफ नदिए पनि कारवाही गर्ने विषयमा भने कुनै निर्णय गरेको छैन ।