×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

एसियन गेम्स : नेपाली पब्जी टोली सेमिफाइनलमा

एसियन गेम्स : नेपाली पब्जी टोली सेमिफाइनलमा

काठमाडौं - १९ औं एसियाली खेलकुद अन्तर्गत ई-स्पाेर्ट्स विधामा भइरहेकाे पब्जी माेबाइल प्रतिस्पर्धामा नेपाली टिम  सेमिफाइनल प्रवेश गरेको छ । शुक्रवार भएको नकआउट चरणको खेलमा ‘ग्रुप सी’ मा रहेको नेपालले चार टिममध्ये दोस्रो स्थानमा रहँदै सेमिफाइनलको यात्रा तय गरेको हो । ग्रुपकाे विजेता भने हङकङ टिम बन्याे ।

‘ग्रुप सी’ मा नेपाल र  हङकङसँगै प्यालेस्टाइन र साउदी अरेबियाले प्रतिस्पर्धा गरेका थिए । हङकङ टिमले ५१ मिनेट ०९.९८३ सेकेन्डमा गेम पूरा गर्‍याे भने नेपालले ५४ मिनेट ०४.८४२ सेकेन्ड गेम पूरा गर्‍याे । त्यस्तै गेम पूरा गर्न प्यालेस्टाइनी टिमले एक घन्टा ४९.५२७ सेकेन्ड र साउदी टिमले एक घन्टा तीन मिनेट ४५:१०७ समय लगायाे ।


अन्य ग्रुपबाट दक्षिण काेरिया, चाइनिज ताइपेई, जापान, थाइल्यान्ड, चीन र इन्डोनेसियाले पनि सेमिफाइनलमा स्थान बनाएका छन् ।

नेपाल सेमिफाइनलमा ‘ग्रुप ए’ मा रहेको छ । नेपालले सेमिफाइनलमा दक्षिण कोरिया, चाइनिज ताइपेई र जापानसँग प्रतिस्पर्धा गर्नेछ । यदि सेमिफाइनलमा नेपाल शीर्ष दुईभित्र पर्न सके फाइनलमा स्थान बनाउने छ ।

प्रतिकृया दिनुहोस्