×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सिनेमाहल र जिमहल माघ १५ गतेसम्म बन्द

सिनेमाहल र जिमहल माघ १५ गतेसम्म बन्द

काठमाडौँ- कोभिड–१९ को संक्रमण बढ्दै गएपछि सरकारले सिनेमा हल र जिम हल माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन क्षेत्रलाई माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना एवम सञ्चार प्रविधी मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार सिनेमा हल, डान्सबार, दोहोरी साँझ, नाचघर, जिम, स्विमङपुल लगायत रात्रीकालीन व्यवसाय माघ १५ गतेसम्म सञ्चालन नगर्न आदेशमा उल्लेख गरिएको हो । यस्तै माघ मसान्तसम्म सार्वजनिक स्थान, समारोह, सामाजिक कार्यमा २५ जनाभन्दा बढी जम्मा हुन नपाइने भएको छ ।

यस्तै डिर्पाटमेन्ट स्टोर, सपिङ मल लगायतमा एकपटकमा २५ जना मात्रै जान पाइने र दुई व्यक्तिबीच दुई मिटर दुरी हुनुपर्ने, सामान छुन नपाइने, र जनस्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नुपर्ने निर्णय पनि सरकारले गरेको छ । यसैगरी विवाह, व्रतबन्ध, पास्नी लगायत समारोहमा सम्बन्धित जिल्ला अधिकारीबाट पूर्व स्वीकृती लिनुपर्ने निर्णय सरकारले गरेको छ ।

प्रतिकृया दिनुहोस्