पोखरा- पोखरामा दुर्घटनामा भएको यति एयरलाइन्सको विमानमा ६८ यात्रु र चालक दलका सदस्यसहित ७२ यात्रु सवार रहेको पाइएको छ । बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एसीएनसी विमानमा चालक दलका चार जनासहित ७२ यात्रु सवार रहेको त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए । ६८ यात्रुमध्ये तीन/तीन जना शिशु तथा बालबालिका र ६२ वयस्क रहेका छन् ।
अहिलेसम्म दुर्घटनास्थलबाट १६ जनाको शव निकालिएको छ । पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको सेती किनारमा दुर्घटना भएको हो । विमान दुर्घटनाको कारण खुल्न बाँकी छ ।