×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

साहित्य

साउन २५ गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

साउन २५ गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

पञ्चाङ्ग
वि.सं. साउन २५, २०७९ । ई.सं. १० अगस्ट २०२२ । शक संवत् १९४४ । नेपाल संवत् ११४२ दिल्लागा । नल दक्षिणायन वर्षा । बुधबार श्रावण शुक्लपक्ष । तिथि- त्रयोदशी, १२:१० बजे उप्रान्त चतुर्दशी । नक्षत्र- पूर्वाषाढा, ८:२८ बजे उप्रान्त उत्तराषाढा । योग- प्रीति, १९:५२ बजे उप्रान्त आयुष्मान् । करण- तैतिल १२:१० बजेदेखि गर, २२:५७ बजे उप्रान्त वव । चन्द्रराशि धनु । आनन्दादि योग श्रीवत्स । दिनमान ३३।०१ । सूर्योदय ५:३२ । सूर्यास्त १८:४५ । 

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) श्रमको उचित मूल्याङ्कन हुनेछ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहला । कुनै कुराले मनमा शान्ति छाउला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अनावश्यक धन खर्च होला । गरेका कार्यमा ढिलासुस्ती हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज वित्तिय संस्था बाट सहयोग पाइनेछ । विशिष्ट व्यक्तिको सहयोग मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । शुभकार्यको चर्चा चल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभ कार्यमा सरिक भइनेछ । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धर्मकर्म, आराधना र उपासना गर्न पाइनेछ । प्रेम सम्बन्धमा मधुरता छाउनेछ । रोकिएको धन हात पर्ला । स्वादिष्ट भोजन पनि पाइनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) गर्न खोजेका काममा सर्वत्र बिघ्नबाधा देखा पर्नेछ । सोचेका काममा उल्टापाल्टा परिणाम आउने अवस्था छ, तर साँझमा शुभ समाचार मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । सोचेको र चिताएको कामले तीव्रता लिनेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनमा उत्साहका साथै बोली बिक्ने समय छ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । शुभकार्यको चर्चा चल्ने र सफल यात्राको योग पनि छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रोकिएको धन हात पर्ला । मिष्ठान्न भोजन प्राप्ति हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैसा खर्च हुने योग छ । अतिथिको सेवा होला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज कार्यमा अवरोध आउला । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला । दिनको उत्तरार्धमा बढी धन खर्च हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पठनपाठनमा प्रगति हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज धर्मकर्ममा रुचि बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । अधुरो र नयाँ कार्यको थालनी हुनेछ । शुभ समाचार पनि सुन्न पाइएला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रतिकृया दिनुहोस्