×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

कला / संगीत

रहेनन् गायक राजु चौधरी

रहेनन् गायक राजु चौधरी

झापाको रेडियम ब्यान्डका गायक राजु चौधरीको ब्लड क्यान्सरका कारण निधन भएको छ । उनको शुक्रबार निधन भएको ‘द स्याडोज नेपाल’का गायक स्वप्निल शर्माले जानकारी दिएका हुन् । राजुको उपचारका लागि आर्थिक सहयोग सङ्कलन गर्ने अभियानलाई पनि स्वप्निलले नेतृत्व दिइरहेका थिए । हाल स्वप्निलले आर्थिक सहयोग बन्द गरिदिन आग्रह गरेका छन् ।

स्वप्निलका अनुसार बिहीबार राति उनको रक्तचाप अत्यन्त न्यून भएको र सास फेर्न गाह्रो भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । रगतमा अत्यधिक सङ्क्रमण भएका कारण औषधिले काम गर्न सकेको थिएन ।

राजुलाई थप उपचारका लागि १० दिनअघि भारतको दिल्लीस्थित बीएलके(म्याक्स अस्पताल पुर्‍याइएको थियो ।

प्रतिकृया दिनुहोस्