×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ओमानबाट पुनः श्रम स्वीकृतिको तयारी

ओमानबाट पुनः श्रम स्वीकृतिको तयारी

काठमाडौँ- ओमानमा रहेको नेपाली दूतावासले आउँदो जेठ १८ देखि पुनः श्रम स्वीकृति दिने तयारी गरेको छ । सरकारले विदेशमा रहेका नेपाली दूतावाबाट पनि पुनः श्रम स्वीकृति सेवा प्रदान गर्ने निर्णय गरेसँगै जेठ १८ देखि ओमानबाट पनि पुनः श्रम स्वीकृति दिने तयारी गरेको हो । 

दूतावासका अनुसार दूतावासले दैनिक १५ जनालाई पुनः श्रम स्वीकृति प्रदान गर्ने छ तर सेवा लिने बढ्दै गएमा आवश्यकता अनुसार दैनिक सेवा प्रवाह गर्ने सङ्ख्या थपघट गर्न सकिने छ । कतार दूतावासको यो तयारीसँगै करार अवधि सकिएर पुनः श्रम स्वीकृतिका लागि स्वदेश आउनुपर्ने बाध्यता हटेको छ । पुनः श्रम स्वीकृति लिनका लागि वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा आबद्ध भएर अनलाइनबाटै आवेदन दिन सकिने जनाइएको छ । श्रम स्वीकृति लिनका लागि कल्याणकारी कोषमा, जीवन बीमा र सामाजिक सुरक्षा कोषमा रकम बुझाउन पर्ने हुन्छ । कनेक्ट आइपिएस, इसेवा र खल्तीलगायतका एपबाट यस्तो रकम तिर्न सकिने व्यवस्था गरिएको दूतावासले जनाएको छ ।    

प्रतिकृया दिनुहोस्