×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तयारीमा आयोग

अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तयारीमा आयोग

काठमाडौं- निर्वाचन आयोगले चुनावका लागि अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तयारी थालेको छ । आयोगका उपसचिव तथा सहायक प्रवक्ता ऋषिराम भुसालले एक/दुई दिनमै अस्थायी मतदाताको अन्तिम नामावली प्रकाशन हुने जानकारी दिएका छन् ।

प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि जिल्लामा रहेका प्रहरी, सेना, सशस्त्र प्रहरी र कारागारमा रहेका कैदीबन्दीको विवरण अस्थायी मतदाताको रूपमा सङ्कलन गर्न लागिएको हो । आयोगकाअनुसार मतदानमा खटिने सुरक्षाकर्मी, कर्मचारी र सेनालगायतका व्यक्तिलाई त्यही ठाउँमा मतदान गर्ने व्यवस्था हुनेछ ।

अस्थायी मतदाताको सूचीमा रहेकामध्ये १ लाख ४९ हजार १ सय ६४ जनाको नाम आयोगमा सूचीकृत भएको छ । मतदाता नामावलीमा नाम नभएका व्यक्तिले अस्थायी मतदान गर्न नपाइने व्यवस्था भएकाले अहिलेसम्म मतदाता नामावलीमा समावेश भएकामध्ये १ लाख ४४ हजार ६ सय २५ जनाको नाम पुष्टि भएको आयोगले जनाएको छ ।

प्रतिकृया दिनुहोस्