काठमाडौँ- त्रिदेशीय टी-ट्वेन्टि क्रिकेट शृंखला अन्तरगत नेपालले आज मलेसियासँग खेल्दैछ । कीर्तिपुरमा मलेसियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।
दीलिप नाथले राष्ट्रिय टोलीमा डेब्यू गरेका छन् । लोकेश बमकाे ठाउँमा दिलिपलाई मौका दिइएको हो । नेपालले शृंखलाको पहिलो खेलमा पपुवा न्यूगिनी (पीएनजी) लाई १५ रनले हराएको थियो । मलेसियाले पनि पीएनजीलाई हराएको छ ।
नेपालको प्लेइङ ११ : सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख , करण केसी, अभिनाश बोहरा, दीलिप नाथ (विकेटकिपर) , कुशल मल्ल र रोहित पौडेल ।