काठमाडौं - सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश दिएको छ।
मिश्रको तर्फबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ गर्दै न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो।
यो आदेशसँगै मिश्र अब हिरासतबाट मुक्त भएका छन्।