गोरखा- गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा फेरि पनि माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा विष्णु भट्ट र उपाध्यक्षमा सनमाया गुरुङ विजयी भएका हुन् । भट्टले ५ हजार ७१९ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जीत बहादुर घलेले ४ हजार ८६४ मत ल्याए ।
उपाध्यक्षमा नेकपा माओवादी तर्फबाट सनमाया गुरुङ निर्वाचित भएकी छन् । उनले ५ हजार ७६५ मत ल्याइन् । उनका प्रतिस्पर्धी कांग्रेसकी लेख माया रानाले ४ हजार ५७५ मत प्राप्त गरिन् ।