×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

के होला त एमाले एकता ? एकताको अन्तिम पर्खाइमा छौँ : नेपाल

के होला त एमाले एकता ? एकताको अन्तिम पर्खाइमा छौँ : नेपाल

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले एमालेको आन्तरिक पार्टी एकताका लागि आफूहरू अन्तिम पर्खाइमा रहेको बताउनुभएको छ ।

एकताका सबै ढोका बन्द भए पार्टीलाई पुनर्गठन गर्ने जिम्मेवारीबाट पछि नहट्ने चेतावनी दिँदै उहाँले अध्यक्ष केपी शर्मा ओलीबाट एकलौटी रूपले पार्टीका गतिविधि भइरहेकाले आफू लुरुक्क परेर नजाने बताउनुभयो ।

शनिबार काठमाडौँमा आयोजित नेकपा (एमाले) बागमती प्रदेश सम्पर्क कमिटीको नेतृत्व घोषणा कार्यक्रममा बोल्नुहुँदै नेता नेपालले आफूहरू तत्कालै सरकारमा नजानेसमेत स्पष्ट पार्नुभयो । केही नेताले सरकारमा जाने कुरा गरिरहे पनि मन्त्री ठूलो विषय नभएको र विचार नै महìवपूर्ण र ठूलो कुरा भएको उहाँले बताउनुभयो ।

उहाँले छुट्टै दल भएको भए सरकारमा मन्त्री पठाउन कुनै समस्या नभए पनि अहिले तत्कालै सरकारमा जाने सम्भावना नरहेको स्पष्ट पार्नुभयो । आफूहरूले मन्त्रिपरिषद् विस्तार गर्न र विभिन्न नियुक्ति गर्न सरकारलाई नरोकेको उहाँले स्पष्ट पार्नुभयो ।

अझै पनि आफूहरू एकताको पक्षमा रहेको र अध्यक्ष ओलीको मन परिवर्तन गराउन साथीहरूले अनेकाँै प्रयास गरिरहेको भनाइ पनि नेता नेपालको छ । पार्टीको विधान संशोधन गर्ने भनेपछि पार्टी एकताको कुरा गर्नेहरू पनि छ्याङ्ग भएको टिप्पणी गर्दै नेता नेपालले अध्यक्ष ओली एमालेको विभाजन चाहेको आरोप लगाउनुुभयो । गोरखापत्रबाट ।

 

 

प्रतिकृया दिनुहोस्