काठमाडौँ- बोक्सी भन्दै छिमेकी एक महिलालाई मलमूत्र खुवाएको आरोपमा सिराहा प्रहरीले दुईजना महिलालाई पक्राउ गरेको छ । गत शनिबार सिराहाको भगवानपुर गाउँपालिका–४ ठाडी निवासी ६० वर्षीया आतिकादेवी कामैतलाई बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा स्थानीय ३० वर्षीया फुलोदेवी साह र ५५ वर्षीया कोशिला साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र साहका अनुसार पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ । आरोपित दुवैमाथि बोक्सी आरोप कसुर मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक साहले बताए ।