×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

फेरि देखिए हैजाका बिरामी, १ जनाको मृत्यु

फेरि देखिए हैजाका बिरामी, १ जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुमा हैजाको जीवाणु फेरि सक्रिय भएको छ । गत असोज १८ देखि जिल्लाका पाँच पालिकामा फैलिएको हैजा नियन्त्रणोन्मुख हुँदै गर्दा थप तीन पालिकामा हैजाका बिरामी देखिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बुद्धभूमि नगरपालिका, कपिलवस्तु नगरपालिका र मायादेवी गाउँपालिकामा हैजाका बिरामी फेला परेका छन् । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा हैजाका कारण फेरि एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुद्धभूमि नगरपालिका ६, महुवाका १३ वर्षीया सिर्जना यादव रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले बताए । परीक्षणमा यादवलाई हैजा सङ्क्रमण पुष्टि भएको छ । उनको कपिलवस्तु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । जिल्लामा हालसम्म मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ ।

 

प्रतिकृया दिनुहोस्