×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

शिक्षा/स्वास्थ्य

३ गतेदेखि शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय

३ गतेदेखि शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय

नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिकामा शुक्रवार बैशाख ३ गतेदेखि शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिका विपद् ब्यवस्थापन समितिको बिहिबार बसेको बैठकले एकसाताका लागि सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो ।

नेपालगञ्जमा पछिल्लो समय कोभिड संक्रमण उच्च गतिमा बढेपछि उपमहानगरपालिका भित्रका विद्यालयहरु बन्द हुने भएकाे छ । उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले जिल्लाभरका सम्पूर्ण शैक्षिक संस्था बन्दका लागि जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकमा प्रस्ताव लैजाने निर्णय गरेपछि बन्द हुने भएकाे हाे  ।

बैठकले भारतबाट आउनेहरुको सीमा नाकामा स्वास्थ्य परीक्षण तथा एन्टिजेन परीक्षणका लागि थप कडाई गर्ने निर्णय गरेको छ । माक्स अनिवार्य लगाउने लगायतका स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गर्दै बैठकले बजार अनुगमनलाई पनि कडाई गर्ने निर्णय गरेको छ ।

माक्स नलगाई कारोबार गर्ने पसल ब्यवसाय कम्तिमा एक साताका लागि बन्द गर्ने निर्णय समितिको छ । घरबाहिर माक्स नलगाई आवागमन गर्नेलाई कारवाही गर्न बैठकले माग गरेको छ ।
 

प्रतिकृया दिनुहोस्