काठमाडौँ- गृष्मा ब्रोर्डकास्टिङले गर्दै आएको ‘सप्तरङ्ग-३’ सोमबार राजधानीमा एक कार्यक्रमकाबीच घोषणा गरिएको छ । सातै प्रदेशमा आयोजना हुने कार्यक्रम २४ मङ्सिरदेखि काँकडभिट्टाबाट शुरु भएर पुस ९ गते पोखरामा सकिने छ ।
काँकडभिट्टापछि मङ्सिर २६ मा जनकपुर, २८ मा चितवन, पुस १ मा नेपालगन्ज, ३ मा सुर्खेत, ५ मा धनगढी र पुस ९ मा पोखरामा कार्यक्रम राखिएको छ । अभिनेता राजेश हमाल, गायक बद्री पङ्गेनी, प्रमोद खरेल, रामकृष्ण ढकाल, अनिल सिंह, हास्य कलाकार सन्दीप क्षेत्री, राजा राजेन्द्र पोखरेल, गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेतीलगायत कलाकार सहभागी हुनेछन् ।