×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

बालबालिकामा कोरोना बढ्नसक्छ, अस्पताल तयारी अवस्थामा रहनु : स्वास्थ्य मन्त्रालय

बालबालिकामा कोरोना बढ्नसक्छ, अस्पताल तयारी अवस्थामा रहनु : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको निसानामा बालबालिका पढ्नसक्ने जनाएको छ । शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै कोरोनाको सम्भावित तेस्रो लहरमा बालबालिकाहरू बढी मात्रामा संक्रमित हुनसक्ने भएकाले अस्पतालहरुलाई आफ्नो स्वीकृत शैय्याको कम्तिमा २० प्रतिशत शैया तयारी अवस्थामा राख्न अनुरोध गरेको हो ।

मन्त्रालयका महाशाखा प्रमुख डा। मदनकुमार उपाध्यायद्वारा जारी विज्ञप्तीमा कोभिड–१९ को प्रथम लहर नियन्त्रण उन्खुम हुँदै गएको अवस्थामा पुनस् दोस्रो लहरले स्वास्थ्य क्षेत्रलाई अस्तव्यस्त बनाउँदा सबैको अथक मेहनत र प्रयासले अवस्था काबु भित्रै रहेको बताएका छन् । प्रथम लहर र दोस्रो लहरले अत्यधिक मात्रामा प्रौड र युवा संक्रमित भएको हुँदा व्यवस्थापन सम्बन्धि तयारी प्रौढ र युवा लक्षित मात्र हुन पुगेको जनाउँदै मन्त्रालयले बालबालिकाका लागि पनि शैय्या तयारी अवस्थामा राख्न आग्रह गरेको हो ।

‘दोस्रो लहर जस्तै पुनस् तेस्रो, चौथो लहर आउने सक्ने र त्यसबेला बालबालिकाहरु बढी मात्रामा संक्रमित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै आफ्नो स्वीकृत शैयाको कम्तिमा २० प्रतिशत शैया कोभिड–१९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्नु हुन अनुरोध छ । साथै वैकल्पिक प्राणवायु ९अक्सिजन० को व्यवस्थापन समेत गर्नु हुन अनुरोध छ,’ विज्ञप्तीमा भनिएको छ–

मन्त्रालयले उक्त अनुरोधसहितको विज्ञप्तीमा नेपालका सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरु, सरकारी, नीजि, सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरूलाई समेत सम्बोधन गरेको छ ।

 

प्रतिकृया दिनुहोस्