×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नयाँ गठबन्धनले हाम्रो आवश्यकता महसुस गर्छन् कि गर्दैनन् भन्ने मुख्य कुरा हो : झलनाथ खनाल

नयाँ गठबन्धनले हाम्रो आवश्यकता महसुस गर्छन् कि गर्दैनन् भन्ने मुख्य कुरा हो : झलनाथ खनाल

काठमाडौं- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सरकारबारे आफूहरु पर्ख र हेरको अवस्थामा रहेको बताएका छन् । सरकारमा रहेका दलहरुले अफूहरुको आवश्यक्ता महसुस गरेर सहयोगको प्रस्ताव नगरेसम्म पर्ख र हेरकै अवस्थामा रहने उनले बताए ।

पार्टीको स्थायी कमिटी बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै खनालले नयाँ सत्ता गठबन्धन खिचढीजस्तो भएको टिप्पणी पनि गरे । ‘नयाँ गठबन्धन खिचडीजस्तो छ’, उनले भने, ‘त्यहाँभित्र वामपन्थीको नेतृत्व छ, तल खुट्टा टेकेको अर्कैथरि मान्छे छन् । के नीति, के कार्यक्रम हुने हो थाहा छैन, उसले ल्याइसकेको छैन । त्यसो हुनाले सरकारका विषयमा भनिहाल्ने कुरा केही पनि भएन ।’खनालले जबसम्म सत्तारुढ

दलहरुले आफ्नो कुरा सार्वजनिक गर्दैनन् त्यतिबेलासम्म पार्टी पर्ख र हेरकै अवस्थामा रहने स्थायी कमिटीका साथीहरुको धारणा रहेका सुनाए । आफूहरु आमरुपमा वामपन्थी एकताकै पक्षमा रहेको भन्दै उनले त्यसका लागि सिद्धान्त र नीति मिल्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस्