×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आमा बोलको गीत वैशाख ९ गते सार्वजनिक हुदैँ

आमा बोलको गीत वैशाख ९ गते सार्वजनिक हुदैँ

काठमाडौं- प्रितम आचार्यको स्वरमा रहेको आमा गीत भोली बैशाख ९ गते शुक्रबार सार्वजनिक हुने भएको छ । रङ्गकर्मी सरस्वती अधिकारी, प्रितम आचार्य, रौनक गर्तौला र अभिश्री बस्नेतको अभिनयमा रहेको गीत आगामी शुक्रबार सार्वजनिक गर्न लागिएको निर्माण टीमले जनाएको छ । 

आमा गीत अरू गीत भन्दा फरक रहेको छ । किनभने आमा सम्बन्धि बजारमा सयौं गीतहरू बनिएका छन् । प्रायः जसो आमा नभएको वियोगान्त गीतहरू मात्रै रहेको सन्दर्भमा हामीले संयोगान्त आमाकै उपस्थित रहेको गीत बजारमा ल्याउन लागेको, आमा गीतका संगीतकार किरण कडेलले बताए ।

गीतमा शब्द रचना रूवि पाण्डेको रहेको छ । गीतको रेकर्ड प्राज्ञ साउन्ड स्टुडियोमा गरिएको हो । सन्तोष बस्नेतको डिरेक्सनमा तयार पारिएको उक्त गीतमा प्रोडक्सन म्यानेजका रूपमा दिनेश राज सिवाकोटी रहेका छन् । गीत आमाको मुख हेर्ने दिन पारेर सार्वजनिक गर्न लागिएको निर्माण पक्षले जनाएको छ । गीत प्रज्ञास्वरी युट्युव च्यानल मार्फत सार्वजनिक गर्न लागिएको निर्माण टीमले जनाएको छ ।

प्रतिकृया दिनुहोस्