रुसी धनाढ्य आफ्नो मुलुकबाट धमाधम पलायन हुँदैछन् । हेन्ली ग्लोबल सिटिजन्स रिपोर्टले सन् २०२२ को उत्तरार्धसम्ममा १५ हजार भन्दा बढी रुसी करोडपति रुसबाट भाग्ने अनुमान गरेको छ ।
यस वर्ष रुस छाड्ने धनाढ्यको संख्या सन् २०१९ को तुलनामा तेब्वर बढी हुने अनुमान गरिएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेको कारण रुसमाथि थुप्रै अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाइएका छन् ।
हेन्ली ग्लोबल सिटिजन्स रिपोर्ट सोमबार सार्वजनिक गरिएको थियो । यो रिपोर्ट आधिकारिक आप्रवास तथ्यांक र रुसी करोडपतिले खरिद गरेका रियल इस्टेटमा आधारित छ ।
रुसी करोपतिमध्ये १५ प्रतिशत पलायन हुने अपेक्षा गरिको छ । सन् २०१९ मा ५ हजार ५ सय करोडपतिले रुस त्यागेका थिए । अहिलेसम्म यसरी देश छाड्ने रुसी मध्ये अधिकांशको मनपर्ने गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई) रहेको पाइएको छ ।
बेलायतको राजधानी लन्डनस्थित आवासीय तथा नागरिकता परामर्शदाता कम्पनी हेन्ली एन्ड पार्टनर्ससँग सहकार्य गरी यो रिपोर्ट तयार पार्ने ‘न्यु वल्र्ड वेल्थ’का अनुसन्धान प्रमुख एन्ड्र्यु एमोइल्सले रुसले ‘करोडपतिहरूको ठूलो क्षति बेहोरेको’ लेखेका छन् । एमोइल्सका अनुसार प्रमुख राष्ट्रहरू यसरी आफ्ना धनी जनताहरू पलायन हुन थालेपछि पतन भएको इतिहास साक्षी रहेको छ ।
कोभिड–१९ महामारी सुरु हुनअघि पनि युएईले प्रत्येक वर्ष १ हजार जना धनाढ्यलाई आफ्नो मुलुकमा बसाइँसराइ गराउन सफल रहँदै आएको थियो ।