भिडियो सामाजिक सञ्जाल टिकट कका लागि भिडियो बनाउँदै गर्दा पाकिस्तानमा एक जनाको मृत्यु भएको छ ।
आफैलाई पेस्तोलले हानेको अभिनय गर्दा पेस्तोल पड्किएर १९ वर्षीय एक युवकको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
बाकल भन्ने ठाउँमा बुधवार घटना भएको हो । बाकलको स्थानीय प्रहरी अधिकारीहरूले पनि भिडियो बनाउँदै गर्दा ती युवकको मृत्यु भएको अनुसन्धानबाट खुलेको जनाएका छन् ।
“हामीले गरेको अनुसन्धानको प्रारम्भिक विवरण अनुसार मआबान्द शाह धेराइमा बस्ने टिकट स्टार हमिदुल्लाहले टिकटकका लागि भिडियो बनाउने क्रममा आफैले आफैलाई पेस्तोल प्रहार गरेको र निधन भएको पाइएको छ,” एक प्रहरी अधिकारीले भने ।
घटना भएको थाहा पाउने बित्तिकै प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरेको र शवलाई अस्पतालमा लगेर परीक्षण गराएको प्रहरीको भनाइ छ ।
निधन भएका हमिदुल्लाह टिकट कमा निकै चर्चित रहेको समाचारमा जनाइएको छ ।