×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आज ‘पुस पन्ध , मनाउदै

आज ‘पुस पन्ध , मनाउदै

धनगढी -  सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा कन्दमूल खाएर आज विभिन्न कार्यक्रमको आयोजना सहित पुसे पन्ध्र मनाइँदै छ।
यहाँका विभिन्न जिल्लामा आ–आफ्नो जिल्ला अनुसार रहेका प्रख्यात परिकारसहित आजका दिन १५ प्रकारका खानेकुरा खाने तथा राति विभिन्न पुराना राजारजौटाका कथाव्यथाका बारेमा रचिएका किंवदन्ती गाउने र भन्ने चलन पनि रहेको छ। डोटीलगायत अन्य जिल्लामा आज राति गाउँभरिका मानिस एक ठाउँमा जम्मा हुने तथा त्यहाँ उक्त किंवदन्ती भन्ने तथा सुन्ने चलन रहेको जानकारहरु बताउँछन्। 
आज राति मीठा खानेकुरा पकाएर खुवाउने, रातभरि जाग्राम बस्ने, डेउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाइधुवाई गर्ने चलन रहेको छ। यति मात्र नभई सुदूरपश्चिमभरिमा आजको रातलाई पन्नरी रातसमेत भन्ने चलन छ। आजको रातिमा तरुल, तेकुना, फर्सी, पिँडालु, सख्खरखण्ड तथा अन्नमा चालको परिकारबाट बनेको रोटी भुने खाने चलन रहेको छ।
पुसको १५ गते बढी चिसो हुने भएकाले चिसो हटाउनका लागि यहाँका स्थानीयवासी दिनभरि जङ्गलमा गएर तरुल लगायत विभिन्न कन्दमूल खोजेर ल्याउने र राति उसिनेर खाने गर्दछन्। पुस १५ देखि दिनहरु बिस्तारै लम्ँिबदै जाने किंवदन्ती रहेको छ। 

प्रतिकृया दिनुहोस्